१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति भएपछि पहिलोपटक जन्मघर पुगे ओबामा, के-के गरे जन्मथलोमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नैरोवी, ९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामा केन्या पुग्नुभएको समाचार छ । आफ्ना पिताको जन्म भएको सो देशमा उहाँ राष्ट्रपति भएपछि पहिलो पटक पुग्नुभएको हो ।

उहाँले यस भ्रमणका क्रममा केन्यामा लगानी, प्रतिआतङ्कवाद र मानवअधिकारबारे वार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँ नैरोवीमा रहँदा विशेषगरी पछिल्लो समयमा केन्याको राजधानी नैरोवीमा सुरु भएका हत्या हिंसाका क्रियाकलापहरुको नियन्त्रणका लागि आवश्यक वार्ता गर्नुहुने छ ।

उहाँको आगमनपछि नैरोवीमा निकै कडा सुरक्षा व्यवस्था बनाइएको बताइएको छ । उहाँ शुक्रबार राति अबेरमात्र नैरोवी ओर्लिनुभएको थियो ।

शुक्रबार केन्या ओर्लिएपछि ओबामाले कडा सुरक्षाबीच नैरोवीको एक होटलमा आफ्ना परिवारलाई भेटेका छन् । उनले आफ्ना हजुरआमा, बुबा र बहिनीलाई भेटेको फोटो समेत सार्वजनिक भएको छ ।

उहाँ आज शनिबार त्यहीँ रहने कार्यक्रम रहेको छ । त्यसपछि आइतबार बिहान उहाँ केन्याको छिमेकी देश इथियोपिया लाग्नुहुने छ । रासस/एएफपी