८ कार्तिक २०८३, आइतबार

झारफुक गरी बालकलाई बलि चढाइयो, हत्यामा संलग्न ९ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabal-parasiनवलपरासी, ८ साउन । झारफुक गरी रोग निको पार्ने भन्दै नवलपरासीमा एक बालकलाई बलि चढाइएको छ ।

बलि चढाई हत्या गरिएका बालकको शव आज नवलपरासीको कुडिया गाविस–४ मा दिउँसो फेला परेको छ ।

गत मङ्गलबारदेखि हराएका कुडिया–४ मर्चाहाका शिवमङ्गल कोहारका १० वर्षीय छोरा जीवनको गण्डक नहर पछाडिपट्टिको पटेर घारीमा शव फेला परेकोे इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक जगतबन्धु पोखरेलले स्थानीय शिवमंगल कोहारका १० वर्षिय छोरा जीवन कोहारलाई बली चढाउन भन्दै हत्या गरिएको बताए ।

हत्यामा संलग्न आशंकामा ९ जना गाउँलेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । बालकको झारफुक गरी हत्या गर्ने प्रमुख अभियुक्त रुद्धल चमार फरार छन् ।