८ कार्तिक २०८३, आइतबार

काठमाडौंमा अवैध धन्दा गर्ने जोडि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौँ, ८ साउन । महानगरीय अपराध महाशाखाले लागुऔषध अफिमको कारोबार गर्ने विशाल गुरुङ र मञ्जु तामाङको जोडिलाई आज पक्राउ गरेको छ ।

दैलेख स्थायी घर भएका २० वर्षीय गुरुङ तथा २९ वर्षीय तामाङलाई सुनधराबाट सात केजी ३० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरिएको हो । अपराध महाशाखाको विशेष प्रहरी समूहले उनीहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

महाशाखाले आजै कालीकोटका ३० वर्षीय बालकृष्ण सिंह र सुर्खेतका २८ वर्षीय बलबहादुर विकलाई सुनधराबाट करिब ३० ग्राम कस्तुरीको बिनासहित पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस