८ कार्तिक २०८३, आइतबार

अमेरिकी पेस्तोलसहित ठमेलबाट दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarकाठमाडौँ, ८ साउन । काठमाडौंमा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२९ ल्हासा बार अगाडि सातघुम्ती ठमेलबाट मादक पदार्थ सेवन गरी पेस्तोल देखाई आतंकित गरिरहेका २ जनालाई प्रहरीले मेडइन युएसए लेखेको सेमी अटोमेटिक पेस्तोल १ थान र सोको म्याग्जीन १ थान सहित बिहिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका-२९ सरकारीधारा बस्ने साङलाखोला–९ का ३० बर्षीय सफल कुँवर र काठमाडौं सामाखुसी टाउनप्लानिङ्ग बस्ने कास्की पोखरा उपमहानगरपालिका-५ दाङ्गसिङका १८ बर्षीय रिदम भट्टचन रहेका छन् ।

यस्तै, चितवनको भरतपुर उपमहानगरपालिका–१ लिलाचोक बस्ने २७ बर्षीय विक्रम गुरुङलाई प्रहरीले पेस्तोल १ थान र सो को गोली १५ राउण्डसहित पक्राउ गरेको छ ।

गुरुङले आप्mनो घरमा अवैध हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनले विहिबार उनको घरकोठा तलासी गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।

यसैगरी चितवन पिप्ले–६ लोथर बस्ने १७ बर्षीय किश्वर चेपाङ्ग र मकवानपुर काँकडा–१ घर भएका २१ बर्षीय गणेश चेपाङ्गलाई प्रहरीले बोरामा लुकाई छिपाई अन्यत्र लैजानको लागि बोकी हिँडीरहेको अवस्थामा बुधबार तिननाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।