८ कार्तिक २०८३, आइतबार

चकलेट दिएर ८ वर्षीय बालिकाको मकैबारीमा बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapधनुषा, ८ साउन । धनुषामा एक ८ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अनुसार तुलसी–९ बस्ने ८ वर्षीया बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगेर ६२ वर्षीय कृष्णबहादुर सार्कीले बलात्कार गरेका हुन् ।

उनले नातिनी भन्दै चकलेट दिई फकाएर बालिकालाई मकैबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगमा सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।