८ कार्तिक २०८३, आइतबार

हराएको छोरो मृत भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, ८ साउन । नवलपरासीको कुडिया गाविस–४ मा आज दिउँसो एक बालकको शव फेला परेको छ ।

गत मङ्गलबारदेखि हराएका कुडिया–४ मर्चाहाका शिवमङ्गल कोहारका १० वर्षीय छोरा जीवनको गण्डक नहर पछाडिपट्टिको पटेर घारीमा शव फेला परेकोे इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरीले बालकको हत्या भएको हुन सक्ने जनाउँदै स्थानीयवासी नौ जनालाई नियन्त्रणमा लिएको छ । रासस