८ कार्तिक २०८३, आइतबार

बाँदर भन्दै मान्छेलाई गोली हान्दा…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gun-baruwaधनकुटा, ८ साउन । धनकुटामा एक जनाको अनौठो तरिकाबाट मृत्यु भएको छ ।

आँपको रुखमा बादर आएको भनी भरुवा बन्दुक प्रहार गर्दा मउनाबुदुक–१ बस्ने ६६ बर्षीय धन बहादुर राईको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ८० बर्षीय नन्दलाल राईले विहिबार आप्mनो घर नजिक रहेको आँपको बोटमा बाँदर आएको ठानेर भरुवा बन्दुक प्रहार गर्दा गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले नन्दलाललाई भरुवा बन्दुक सहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।