८ कार्तिक २०८३, आइतबार

देशभर दुई सय दुई जना बन्दकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

butwal (1)काठमाडौँ, ८ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीद्वारा गरिएको आजको नेपाल बन्दको क्रममा बन्दकर्ताले देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तोडफोडमा संलग्न १९७ जना पुरुष र पाँच जना महिला गरी २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले काठमाडौँ बालाजुमा ना३ख ४४३५ नम्बरको डिडिसी दूधको गाडी, कमलादीमा बा१ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा१०च ६६४० को कार, वसुन्धरामा बा५ख ८२५१, बौद्धमा बा१ज ५२५५ नम्बरको सवारीसाधन तोडफोड गरेका छन् ।

त्यसैगरी ललितपुर पुल्चोकमा बा१ज ५८३६, बा१ ज ७३२२ र प्रयागपोखरीमा बा३ख ११०८ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरी क्षति पु¥याएका छन् । रासस