८ कार्तिक २०८३, आइतबार

दाङमा महिलाको टाउको काटेर हत्या, टाउको अझै भेटिएन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatya-dangदाङ, ८ साउन । हत्याका धेरै घटनाहरु सतहमा आउँछन् । तर, टाउकै गिरेर हत्या भएका घटनामा निकै कम सुनिन्छन् । त्यही कम सुनिने हत्याको पीडा भोग्दै निर्जिव बनिन् दाङकी देवकी विश्वकर्मा ।

घोराही नगरपालिका–४ चौघेरास्थित श्रीकृष्ण टोलमा बिहीबार राति ५६ वर्षीया विश्वकर्माको टाउँको गिडेर हत्या गरिएको हो । उनको शव शुक्रवार बिहान फेला परे पनि टाउको भने अझै भेटिएको छैन ।

विश्वकर्माको धारिलो हतियारले टाउको गिडेको डोव देख्न सकिन्छ । उनको शरीरको अन्य अंगमा पनि धारिलो हतियार प्रहार गरिएको छ । उनलाई प्रहरीले पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पुर्‍याइएको छ ।

देवकी २५ वर्षदेखि घोराही नगरपालिका-४ सौंरीमा दाजु डम्बर विश्वकर्माको घरमा बस्दै आएकी थिइन् । बिहीवारमात्रै उनी बहिनी विमला विश्वकर्माको घर चौघेरा पुगेकी थिइन् । डम्बर विश्वकर्माले देवकी लामो समयदेखि मानसिक रोगी रहेको बताएका छन् ।

हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए ।