८ कार्तिक २०८३, आइतबार

विप्लबको बन्दले बुटवल सुनसान, बन्दकर्ता प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

butwal (1)– शिव डुम्रे
बुटवल, ८ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाब बुटवलमा पनि परेको छ । बिहानैबाट बुटवल लगायत आसपासको क्षेत्र सुनसान छ । सडकमा कुनै सवारी गुडेका छैनन । पसल, ब्यबसाय, स्कुल, कलेज बन्द छन् ।

बन्दकर्ताहरु बाटोमा तैनाथ छन् भने बन्दकर्ता भन्दा धेरैको समुहमा प्रहरी परिचालित छन् । बन्दको अवज्ञा गर्ने केही मोटरसाईकलहरु बन्दकर्ताले नियन्त्रणमा लिएपनि तोडफोड भने नभएको प्रहरीले बताएको छ । बन्दको आव्हान गर्दै झण्डा बोकेर हिड्ने माओवादीका नेता कार्यकताहरुलाई प्रहरीले विहानैदेखि नियन्त्रणको प्रयास गरिरहेको छ ।

यसैक्रममा बुटवलबाट जिल्ला कार्यालय सदस्य अमर आरसी, जिल्ला सदस्य राजु बराह, जिल्ला सदस्य विनोद खनाल, जिल्ला सल्लाहकार बल बहादुर नेपाली लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

क्षेत्र नं. १मा भने बन्दको अवज्ञा गर्ने एक ट्रक कब्जामा लिई तोडफोड गरिएको क्षेत्रीय ईन्चार्ज शिशिरले जानकारी दिए, त्यस्तै रुपन्देहीको सदरमुकाम भैरहवा, देवदह, सूर्यपूरा, सालझण्डी, रामपुर लगायतका बजारहरुमा पनि शान्तिपूर्ण ढंगले बन्द भईरहेको छ ।

हिजो बन्दको आव्हान गर्दै निकालिएको जुलुसलाइ प्रहरीले अबरोधको प्रयास गरेको थियो । संविधानसभाले जनविरोधी संविधानको मस्यौदा पारित गरेको र भारत र चीनबीच लिपुलेक सम्झौताको खारेजीको माग राख्दै विरोधमा नेपाल बन्दको आयोजना गरिएको बताएको छ ।

भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गरिएको नेकपा माओवादीले जनाएको छ ।

बुटवलमा हालसम्म शान्तिपूर्ण ढंगले बन्दको पूर्ण प्रभाव परेको छ भने दुधको गाडी, विरामी, प्रहरी, पत्रकार लगायत आकस्मिक सेवाबाहेक अन्य सबै पूर्ण बन्द रहेको र गिरफ्तारी साथीहरुलाई तुरुन्त रिहाईको माग गरिएको जिल्ला सेक्रेटरी शरद ओलीले बताए ।

butwal