३० आश्विन २०८३, शुक्रबार

यी हुन् सबैभन्दा झुर फिल्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagमुम्बई । राम्रा चलचित्रको विश्वभर नै चर्चा हुन्छ र प्रशंसा हुन्छ । तर, यहाँ नराम्रा चलचित्रको चर्चा गरिँदैछ । विभिन्न संचारमाध्यम तथा समिक्षकहरुले नराम्रा चलचित्रको पनि सूची निकालेका छन् ।

चलचित्र, एल्बम तथा गेम समीक्षा वेभसाइट मेटाक्रिटिक, रोटन टोमाटोज, समीक्षाहरुको संकलन लिओनार्ड माल्टिस भूमी गाइड, हलिउड चलचित्र समीक्षक रोजर इबर्टको समीक्षा तथा खराब चलचित्रलाई दिइने अवार्ड गोल्डेन रेस्पबेरीमा सहभागी चलचित्रलाई आधार मानेर यस्तो सूची तयार गरिएको हो । यस्ता चलचित्र बनाएर निर्माताले दर्शकमाथि अत्याचार गरिएको टिप्पणी समेत गरिएको छ ।

यो सूचीमा परेको २०१० पछिका आठ चलचित्रमा दुईवटा हिन्दी चलचित्र पनि परेका छन् । खराब अंग्रेजी चलचित्रमा सन् १०१० को द लास्ट एयरबेन्डर, २०११ को ज्याक एन्ड जिल, २०१२ का द् याट्स माई ब्वाई र रन फर योर वाइफ, २०१३ को मूभी ४३ र २०१५ को युनाइटेड प्यासन्स छन् ।

सूचीको हिन्दी चलचित्रमा प्रख्यात निर्माता निर्देशक राम गोपाल बर्माको चलचित्र ‘आग’ पनि एक हो । यो सन् २००८ मा बनेको थियो । यो चलचित्र सन् १९७५ मा बनेको चर्चित चलचित्र ‘सोले’ को रिमेक थियो । यो चलचित्रका बारेमा सोलेका अभिनेता अभिताभ बच्चनले यसको रिमेक बनाउनु गल्ती भएको बताएका थिए । अन्नपूर्ण पोष्टमा खबर छ ।