८ कार्तिक २०८३, आइतबार

मापसे जाँच तीव्र भएपछि सवारी दुर्घटना ५० प्रतिशतले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mapaseपर्सा, ८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही तीव्र बनाएपछि सवारी दुर्घटनामा कमी आउनुका साथै राजस्वमा उल्लेख्य वृद्धि भएको छ ।

ट्राफिक प्रहरीले नियम विपरीत मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउनेलाई कारबाही तीव्र बनाएपछि सवारी दुर्घटना ५० प्रतिशतले कमी आउनुका साथै करिब तीन गुणाले राजस्व सङ्कलन बढेको हो ।

आर्थिक वर्ष २०७०/७१ को साउनदेखि असारमा जिल्लाको विभिन्न स्थानमा १७३ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७१/७२ को सोही अवधिमा मात्र ११९ वटा सवारी दुर्घटना भएकोे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । समीक्षा अवधिमा भएका सवारी दुर्घटनामा परी २८ सर्वसाधारणले ज्यान गुमाएका थिए भने गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ मात्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिनुभयो । रासस