८ कार्तिक २०८३, आइतबार

श्रीमान विदेश गएका बेला महिलाको बलात्कार गरी हत्या

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeझापा, ८ साउन । झापामा एक महिलाको बलात्कार गरी हत्या भएको छ ।

महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जना विहीबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत असार १३ गते राति गौरीगन्जका २३ वर्षीय विनोदकुमार ताजपुरिया, ३६ वर्षीय भद्रमोहन ताजपुरिया र ४७ वर्षीय पूर्णलाल ताजपुरियालाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

उनीहरुले छिमेकी महिलाको पहिला निवस्त्र बनाई बलात्कार गरेका थिए । त्यसपछि हत्या गरेका थिए । महिलाका श्रीमा रोजगारीका सिलसिलामा कतारमा छन् ।

पक्राउ परेका तिनै जनालाई जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजलासले पुर्पक्षका लागि आज कारागार चलानको आदेश दिएको स्रेस्तेदार नवराज आचार्यले जानकारी दिनुभयो ।