८ कार्तिक २०८३, आइतबार

डोटीमा बिप्लब माओबादी कार्यकर्ता पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chand– विमल विष्ट
डोटी, ७ साउन । डोटीको सदरमुकाम सिलगढीमा बिहिबार बेलुकी राके जुलुस बाल्ने तयारीमा रहेका दश जना बिप्लब माओबादी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

शुक्रबारको नेपाल बन्द सफल पारौ भन्दै राकेजुलुस निकाल्ने तयारीमा रहेका माओबादी बिप्लब समुहका डोटी जिल्ला संयोजक विवेक कुमाल सहित अन्य नौ जना लाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश थापा, जिल्ला सचिबालय सदस्य हिमाल मडै, संयोजक गणेश कार्की लगायत अन्य कार्यकर्ताहरु दिप धामी, राम साउद, मोहन कठायत, जयराज बिक, कुशल देउवा र हर्क बोहरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ ।