३० आश्विन २०८३, शुक्रबार

पत्रकार भट्टराईको उपन्यास ‘धक्का’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhakaa coverकाठमाडौं । पत्रकार कुसुम भट्टराईले आफ्नो पहिलो उपन्यास ‘धक्का’ बजारमा ल्याएका छन् । अढाई दशक पत्रकारितामा सक्रिय भट्टराईको यो पहिलो साहित्यिक कृति हो ।

खोजी प्रकाशनले प्रकाशित गरेको उपन्यास ‘धक्का’मा गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसअघिका सामाजिक र राजनीतिक विसंगतीलाई विषय वस्तु बनाइएको लेखक भट्टराईले बताए ।

‘एउटी सीमान्तकृत महिलाले आफ्नो जीवनमा पाउनु परेका अनेक धक्काको कथाबाट मैले मुलुकको राजनीतिक र सामाजिक विकृतीलाई उजागर गर्ने चेष्टा गरेको छु’, उनले भने ।

‘धक्का’मा प्राकृतिक विपत्तिको कहर, गैर सरकारी संस्थाहरुको ठगी, महानगरका यौनकर्मीहरुको बाध्यता र विवशता, क्रान्तिकारी र लोकतान्त्रिक भनिने नेताहरुको पाखण्ड र नैतिक पतनलाई विभिन्न पात्रमार्फत उजागर गर्न खोजिएको उनले बताए ।