मुम्बई । सलमान खानको फिल्म बजरंगी भाईजान लगातार एक पछि अर्काे रेकर्ड ताड्दै गइरहेको छ ।
पाँचौ दिनसम्म फिल्मले अहिलेसम्मका बलिउड फिल्मका व्यापारका सबै रेकर्ड ताडेको हो । बजरंगी भाईजानले सुरुवाती पांच दिनमा अहिलेसम्म सबैभन्दा धेरै कमाई गर्ने आमिर खानको फिल्म पीके, धूम ३, शाहरुख खानको चेन्नई एक्सप्रेस, हैप्पी न्यू ईयरको रकर्ड समेत ताड्दै नयाँ रेकर्ड कायम गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा यो छ कि बजरंगी भाईजानले उत्तर भारतमा पंजाब र दिल्लीजस्तै कारोबार गरेको छ । अहिलेसम्म सलमानका कुनैपनि फिल्मले यस्तो रकर्ड कायम गर्न सकेका थिएनन् ।
सलमान खानको यो फिल्मले पाँचौ दिन मंगलबारसम्म २६० करोडको व्यापार गरेको छ । शुक्रवार ईद पर्वलाई लक्षित गरी प्रदर्शनमा आएको फिल्मले पहिलो दिन २७.०४ करोड़, दोस्रो दिन ३६.०४ करोड़, तेस्रो दिन ३८.०८, चौथो दिन २७.०५ र पाँचौ दिन २७.०५ करोड़ रुपैयाँ कमाएको छ । एजेन्सी















प्रतिक्रिया