मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बलिउडका बादशाह शाहरुख खानले पछाडी पारेका छन् ।
विश्वमै चर्चित राजनेता मोदीलाई बलिउड बादशाह तथा विश्वकै चर्चित अभिनेता शाहरुखले विजुली खपत मूल्यमा पछ्याएका हुन् । मोदी जति बिजली खर्च गर्छन्, शाहरुख त्यो भन्दा बढी बिजुली खर्च गर्छन् ।
द न्यू इण्डियन एक्सप्रेसको खबर अनुसार केजरीवालको बिजुलीको बिलको खुलासा भएपछि प्रमुख राजनेताहरुको विद्युत उपभोक्ता मूल्य सार्वजनिक हुन थालेको हो । नेतासँगै कलाकारको विजुलीको विल पनि सार्वजनिक हुन थालेको हो ।
उक्त जानकारीमा पत्ता लाग्यो कि प्रधानमन्त्री मोदीले एक महिनामा २१ लाखको बिजुली प्रयोग गर्छन् । तर, एक नयाँ जानकारी अनुसार शाहरुख त्यो भन्दा धेरै अगाडि छन् । उनले एक महिनामा ४३ लाखको विजुली प्रयोग गर्छन् । यो मात्र मुम्बईमा रहेको मंगला ‘मन्नत’को बिल हो । व्यापारी रुपमा हेर्ने हो भने शाहरुख मासिक २ करोडको विद्युत प्रयोग गर्छन् ।
जून प्रधानमन्त्री मोदीभन्दा कयौं गुणा अगाडि हो । कलाकारहरुमा पनि विद्युत उपभोग गर्नेमा शाहरुख नै पहिलो नम्बरमा छन् ।















प्रतिक्रिया