३० आश्विन २०८३, शुक्रबार

‘ओ प्रिया’मा प्रेमिकालाई यसरी समातेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

o-priya-songs (2)

झापा । गायक अमर राईको एल्बम इमोर्टलमा समावेश ओ प्रिया बोलको गीतको छायाँकन मंगलबार समाप्त भएको छ ।

पूर्वका रमणीय स्थलहरु इटहरी धरान बेलबारी स्थीत वेतना सीमसार लगायतका ठाउँहरुमा छायाँकन गरिएको गीतको दुई दिनमा छायाँकन पुरा गरिएको हो । म्युजिक भिडियोलाई हेमन योञ्जनले निर्देशन गरेका हुन ।

निर्देशक योञ्जनका अनुसार यूवा अबस्थाको प्रेम बिछोड हुँदाको क्षण भिडियो मा समावेश गरिएकाले यूवाहरुमा यो लोकप्रिय बन्नेछ । म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सन्देश पौडेल र प्रेशिका निरौलाले अभिनय गरेका छन् । यी दुबै यसअघि पनि अभिनयको अनुभव लिईसकेका कलाकार हुन् । सन्देशले यसअघि पनि पाँच बटा म्युजिक भिडियोेमा अभिनय गरिसकेका छन् भने प्रेशिकाले पनि एक फिल्म र केही म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । रेश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने भिडियो को पोष्ट प्रोडक्सनमा कोशी भिजन फिल्मस् प्रा. ली रहनेछ । भिडियोलाई सुमन योञ्जनले खिचेका हुन ।

o-priya-songs (1)

यस गितमा रमेश बानियाको शब्द, मनीपाल राईको संगित रहेको छ । बजारमा आउने अन्त्मि तयारीमा रहेको एल्बम इमोर्टलमा यो भिडियो पनी समावेश गरेर रिलिज गर्ने तयारी छ । भोजपुर घर भई हाल कामको सिलसिलामा मलेसियामा रहेका गायक अमर राईले प्रवासमै रहेर आप्mनो गिती एल्बम इमोर्टल बजारमा ल्याउने तयारी गरेका हुन । उनको यस एल्बममा ओ प्रिया, आँखा तिम्रो, चञ्चले नानीले, बोल्दैनै की जस्तो लाग्छ, र मेरो मन बोलको गितहरु रहेका छन् ।

गीतसंगीतको क्षेत्रमा सक्रिय रहेका गायक राईले मलेसियाकै एक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराएका हुन । गायक बन्ने सपनालाई प्रवासमै गीत रेकर्ड गरेर पूरा गर्ने योजनामा रहेका उनको एल्बमका बाँकी गितहरुको भिडियो पनि चाडै निर्माण गर्ने गायक राईले जानकारी दिए ।

प्रस्तुती  : सुमन घिमिरे