मुम्बई । दक्षिण भारतीय फिल्म ‘बाहुबलीले कमाईको दौडमा अनौठो रेकर्ड बनाएको छ । यसले ती सबै रेकर्ड तोडेको छ, जो अहिलेसम्म दक्षिण भारतीय फिल्मले बनाएका थिए । यो त्यस्तो पहिलो दक्षिण भारतीय फिल्म हो, जसले ३०० करोडको कमाईको आंकडा पार ग¥यो ।
द इंडियन एक्सप्रेसको खबर अनुसार फिल्म व्यवसाय विश्लेषकहरुको विश्लेषणमा बाहुबलीले रजनीकान्तको फिल्म ‘एंथिरन (हिन्दीमा रोबोट)’को रकर्ड पनि तोडेको छ । एंथिरनले करिब २९० करोड़ रुपैयाँ कमाएको थियो । फिल्मकार एसएस राजामौलीको यो फिल्म सुपरस्टार रजनीकान्तको फिल्म भन्दा अगाडि गएको हो ।

फिल्म व्यवसाय विश्लेषक त्रिनाथका अनुसार शनिवारसम्म फिल्मको कमाई विश्वभरीमा ३०३ करोड़ रुपैयाँको कमाई गरेको छ । खबर अनुसार हिन्दी संस्करणमा पनि प्रदर्शनमा आएको फिल्मले कमालको व्यापार गरेको छ ।















प्रतिक्रिया