मुम्बई । शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।
फिल्मले तेस्रो दिन व्यापारलाई झन आक्रामक बनाउँदै सय करोडको क्लबमा पु¥याएको छ । प्रदर्शनमा आएको तीन दिनमै फिल्मले सय करोडको कारोबार गरेको हो । फिल्मले सलमानको पुरानो चलचित्रका रेकर्ड पनि तोडेको छ ।
फिल्मले प्रदर्शनमा आएको दिन शुक्रबार मात्र २७.२५ करोडको कमायो भने दोस्रो शनिबार ३६.५० करोडको आक्रामक व्यापार गरेको थियो । आफ्नो व्यापारलाई झन आक्रामक बनाउँदै फिल्मले आईतबार ३८.५० करोडको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो फिल्मले प्रदर्शनमा आएको तीन दिनमा कुल १०२.२५ करोडको व्यापार गरेको छ । यो सँगै सलमान खानको बजरगी भाइजान बक्स अफिसमा एकै दिन धेरै कमाउने फिल्म बन्न पुगेको छ ।
‘बजरगी भाइजान’ प्रदर्शनमा आएको तीन दिनमा नै सय करोड कमाउने सलमानको पहिलो फिल्म पनि बनेको छ । फिल्मले भारत बाहिर पनि तीन दिनमा ३२ करोड कमाउन सफल भएको छ । नेपालमा पनि यो फिल्मले गतिलो व्यापार गरेको छ ।
कबिर खान निर्देशित फिल्ममा सलमान खान करिना कपुर, हर्षाली मल्होत्रा, नवाजुद्धिन सिद्दिकी लगायतको मुख्य अभिनय छ ।















प्रतिक्रिया