३० आश्विन २०८३, शुक्रबार

नेपालमा मोडलको खोजी हुँदै, हन्टका प्रतियोगी प्रशिक्षणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

model-hunt (1)

काठमाडौ । मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यले नेक्ष्ट मोडलस् नेपालको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’को प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको प्रतिस्पर्धाबाट छानिएका ३३ युवती र ३८ युवाले अहिले अन्तिम प्रतियोगिताको तयारी गरिरहेका छन् ।

प्रशिक्षण तिनकुनेस्थित ग्रिन क्याफेमा चलिरहेको छ । अन्तर्राष्ट्रिय रनवे, ब्यक्तित्व विकास, आरजे, भिजे, अन्तर्राष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिषयमा प्रतियोगीले ज्ञान लिइरहेका छन् ।

‘आफूमा भएको प्रतिभा निखार्दै अगाडी आउन प्रशिक्षण महत्वपुर्ण रहेको छ’ सहभागी मध्यका एक क्रिस राइले भने ‘उपाधि त पछिको कुरा हो पहिले त यसले आफ्नै प्रतिभाको विकास गर्छ ।’ त्यस्तै प्रशिक्षणले आफूलाई कोराबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनित्व गर्न सक्ने बनाएको सहभागी युवती मध्येकी एक शिवानी मल्ले बताइन् । बिगत एक सातादेखि चलेको प्रशिक्षणको क्रम कार्यक्रमको अघिल्लो दिनसम्म अर्थात आगामी २२ गतेसम्म चल्नेछ ।

model-hunt (4)

मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उद्देश्यले नेक्ष्ट मोडलस् नेपालले नेपालमै पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेश लगायतका देशमा चर्चित र सफल यो प्रतियोगिता नेपालमा पनि सफल हुने आयोजकको बिश्वास छ ।

model-hunt (3)

नेपाली मुलका युवायुवतीहरुको प्रतिभा पहिचान गरी अन्र्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता सुरुवात गरिएको नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको बिश्वास छ । प्रतियोगीतामा जर्मनी फेसन डिजाइनर मारिया स्टेलाले युवती र नेपाली फेसन डिजाइनर सन्तोषी श्रेष्ठले केटाको पहिरन डिजाइन गर्नेछन् ।

शीर्ष सहित आधा दर्जन उप–विधामा प्रतियोगितामा पुरस्कृत गरिनेछ । प्रतियोगिताको बिजेताले शीर्ष उपाधिका साथमा नगद १ लाख रुपैयाँ, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर जित्न सक्नेछन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यको रहेको छ ।

model-huntsmodel-hunt (2)