३० आश्विन २०८३, शुक्रबार

‘बजरंगी भाईजान’को आक्रामक व्यापार, दुई दिनमै तोड्यो रेकर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajrangi-bhaijaanमुम्बई । शुक्रबारबाट प्रदर्शनका आएको बलिउडका अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ले कलेक्शनमा नयाँ रेकर्ड कायम गरेको छ ।

पहिलो दिनमै रेकर्ड ब्रेक गरेको फिल्मले दोस्रो दिन साबै रेकर्ड ध्वस्त पारेका हो । कारोबारको रफ्तार यही रहने हो भने भारतमा सबैभन्दा बढी कमाउने नाम पनि फिल्मले पाउनेछ । र ‘बजरंगी भाईजान’ले सय करोड़को आँकडा पार ग¥यो भन्ने खबर पनि सुन्न पाइनेछ ।

फिल्मले पहिलो दिन २७.२५ करोड रुपैयाँको कारोबार गरेर वर्षकै सबैभन्दा ठूलो रकमको ओपनिङ ग¥यो र पछिल्लो वर्ष ईदमा प्रदर्शनमा आएको सलमानको ‘किक’को रेकर्ड पनि तोडेको हो ।

ईदको अवसर पारी रिलीज भएको फिल्म ‘बजरंगी भाईजान’ले कमाईको रफ्तारमा तिव्रता दिईरहेको छ । बलिउड फिल्म व्यवसाय विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो दिन, पहिलो दिन (२७.२५ करोड़)भन्दा पनि बढी कमाई गरेको छ ।

बजरंगी भाईजानले दोस्रो दिन ३६.५० करोडको कारोवार गरेको हो । फिल्मले दुई दिनमा कुल ६३.७५ करोड़ रुपैयाँ कमाएको छ । साथै गत वर्षको ईदमा प्रदर्शनमा आएको सलमानको फिल्म किकको कलेक्सन रकर्ड पनि तोडेको छ ।