३० आश्विन २०८३, शुक्रबार

विदेशबाट घर फर्किदा श्रीमतीलाई अर्कैको अंगालोमा देखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nayanvari 2काठमाडौं । एउटा परदेशी विदेशबाट घर फर्कदा आफ्नी श्रीमती अर्कैको अंगालोमा पाउँदा उसको मनमा के बित्ला ? यस्तै एक कथालाई दृश्यमा उतारेर म्यूजिक भिडियो तयार भएको छ ।

गायक किरण इजम लिम्बुको ‘नयनभरी तिम्रो तस्बिर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको हो जहाँ यस्तै कथा समावेश छ । ५ मिनेट ५ सेकेण्डको गीतमा एउटा कथा देखाउन खोजेका छन् निर्देशक विज्ञान राईले । उनैले यो भिडियो सम्पादन पनि गरेका हुन् ।

‘ओझेल’ एल्बममा समावेश यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै छ । ‘मैले यो गीतमा धेरै मिहेनत गरेको छु’, सातवर्षपछि दोश्रो एल्बम लिएर आएका किरणले भने, ‘यो गीतले मलाई ‘ओझेल’ बाट बाहिर ल्याउन मद्धत गर्छ भन्ने आशा राखेको छु ।’

ज्ञानेन्द्र शर्माले खिचेको यो गीतको भिडियोमा व्यस्त मोडल पल शाहले अभिनय गरेका छन् । उनीसंगै निशा लिम्बुले अभिनय गरेकी छिन् । भिडियोमा विवाहेत्तर सम्बन्धको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।