काठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।
आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । १०औं ओभरको खेलमा नेपालले चौथो विकेटका रुपमा राजेश पुलामीलाई गुमाएको छ । राजेश पुलामी १० बलमा ४ रन बनाई आउट भए ।
नयाँ व्याट्सम्यानका रुपमा शरद भेष्वाकर आएका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पनि क्रिजमा छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले १० ओभरमा नेपालको ३ विकेट गुमाई ३९ रन बनाएको छ ।
जारी खेलमा नेपालका ओपनरद्धय प्रदीप ऐरी र विनोद भण्डारी र कप्तान पारस खड्का यसअगाडि नै आउट भइसकेका छन् ।















प्रतिक्रिया