३० आश्विन २०८३, शुक्रबार

भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई सलमानको अपिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan-55a895ad4d307_exlstमुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘बजरंगी भाईजान’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

फिल्म प्रदर्शनसँगै सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई हेरिदिन सार्वजनिक रुपमा अपिल गरेका छन् ।

सलमानले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई अपील गरेका छनु कि दुबै जनाले उनको फिल्म ‘बजरंगी भाईजान’ हेरुन । भारत पाकिस्तानको दुश्मनीलाई समाप्त पारुन् । सलमानले प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका नवाज शरीफलाई यो विशेष अपिल गरेका हुन् ।

फिल्मको कथामा सलमान एक बालिकालाई पाकिस्तान पुगाउन जान्छन् । फिल्ममा दुबै देशको सम्बन्ँधलाई स्पष्ट रुपमा देखाइएको छ । दुबै देशको सम्बन्धलाई प्रधानमन्त्रीले गम्भीरता पूर्वक लिएका दुश्मनी अन्त्य हुने सलमानको विश्वास छ ।
एजेन्सी