काठमाडौं, १ साउन । अभिनेता जीवन लुइटेलले क्रिकेट क्रेजी भएको कुरा आफ्नो फेसबुकमार्फत ब्यक्त गरेका छन् । उनले नेपाली क्रिकेट टिमको जर्सी पैरिएर नेपालले आज र भोलीको म्याच जसरी पनि जित्नैपर्छ भनेका छन् ।
आयरल्याण्डमा भएको विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले घरेलु टिम आयरल्याण्ड र हङकङसँग हार बेहोर्नु परेको थियो । नेपाली क्रिकेट टिम पराजय भएकोमा जीवनलाई निकै पींडाबोध भएको कुरा फेसबुक स्टाटसमा प्रस्टै झल्किन्छ ।
उनले नेपाली क्रिकेट टिमलाई सबैले हौसला बढाउनुपर्ने पनि बताएका छन् । उनले स्टाटसको अन्त्यमा, ‘नेपाल, नेपाल, नेपाल !!!’ लेखेका छन् ।
टी–ट्वान्टी विश्वकप छनोट अन्गर्तको आफ्नो पाँचौ खेलमा नेपाल आज दिउँसो पपुवा न्युगिनीसँग भिड्दै छ । उसो त नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यस्तो नायक जीवनको सन्देश :
















प्रतिक्रिया