काठमाडौं, ३० असार । सामान्यतया विमान चढ्न हजारौं, लाखौं रुपैयाँ लाग्छ । स्वदेशमै यात्रा गर्न गन्तव्यमा पुग्न हजारौं रुपैयाँ भाडादर तोकिएको हुन्छ ।
तर एक एयरलाईन्स कम्पनीले १ रुपैयाँमै विमानमा यात्रा गराउने नयाँ योजना सार्वजनिक गरेको छ । एयरलाइन्स कम्पनी स्पाइसजेटले मंगलबारदेखि लागू हुनेगरी एक रुपैयाँ बेस फेयरमा हवाई यात्रा गराउने घोषणा गरेको हो ।
स्पाइसजेटले तीन दिनका लागि यो अफर ल्याएको हो । करिब १ लाख नागरिकलाई एक रुपैयाँमा यात्रा गराउन स्पाइसजेटले टिकट समेत उपलब्ध गराएको छ । यो अफर एकतर्फी यात्राका लागि मात्र हुनेछ । यो अफर उपभोग गर्ने यात्रुले ट्याक्स र अन्य शुल्क भने आफै तिर्नुपर्नेछ ।
तीनदिनको यो अफरमा १५ जुलाई २०१५ देखि ३१ मार्च २०१६ सम्मको यात्रा अवधिको टिकट किन्न सकिनेछ । स्पाइसजेटले पछिल्लो वर्षको अप्रिलमा पनि १ रुपैयाँको बेस फेयरको अफर दिएको थियो । ग्राहकलाई आकर्षित गर्न यो अफर सार्वजनिक गरिएको हो ।















प्रतिक्रिया