काठमाडौं, २७ असार । सार्वजनिक कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्रीमाथि आक्रमण भएको छ ।
बोस्नियाको स्रेब्रेनिका शहरमा रहेको स्मारकमा उपस्थित जनतालाई सम्बोधनका क्रममा सर्बियाका प्रधानमन्त्री अलेक्जेन्डर भूचिचमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणमा परी प्रधानमन्त्री भूचिच सामान्य घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको अधिकारीहरुले जनाएका छन् । २० वर्ष पहिले सर्व सैनिक आक्रमणमा मारिएकाहरुको स्मरणमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
जहाँ प्रधानमन्त्री भूचिच प्रमुख अतिथि थिए । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिंटन विशिष्ट अतिथि थिए । जब प्रधानमन्त्री बोल्न थाले तब उपस्थित सहभागिले ढुंगा हान्न सुरु गरे । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सैनिक आक्रमणलाई नरसंहार नभनी भीषण अपराध भन्नुपर्ने धारणा सार्वजनिक गरेपछि आक्रोशित स्थानीयले आक्रमण गरेका हुन् ।
प्रधानमन्त्रीलाई ढुंगा आक्रमणसँगै पानीको बोतलले समेत प्रहार भएको थियो । २० वर्ष अघि सैनिकको आक्रमणमा परी ८ हजार भन्दा बढी मुस्लिम समुदायका नागरिक मारिएका थिए ।
स्थानीय आक्रोशित भएर आक्रमण गर्न थालेपछि प्रधानमन्त्री भूचिचले आम जनतासामू आफ्नो कुराले ठेस पुर्याएको भन्दै माफी मागेका थिए । एजेन्सी















प्रतिक्रिया