२० कार्तिक २०८३, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम आज आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhdurbar2काठमाडौँ, २३ असार । सरकारले आगामी आवको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

राष्ट्रपति डा रामवरण यादवबाट सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मार्फत प्रस्तुत गरिने कार्यक्रम छ । उक्त कार्यक्रमका निम्ति व्यवस्थापिका-संसद्को बैठक अपराह्न ३ः०० बजेका लागि डाकिएको छ ।

संविधानसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि तार्किक निष्कर्षमा पु¥याउने, मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन दिगो आर्थिक विकासको बाटामा देशलाई अग्रसर तुल्याउने, भूकम्पबाट सिर्जित महाविपत्तिपछि नवनिर्माण, पुनःस्थापना एवम् पुनःनिर्माण, सुशासन प्रवद्र्धन, ऊर्जा विकास र कृषिको आधुनिकीकरणलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको थाहा भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरिसकेको छ ।

राष्ट्रपति डा यादवलाई मंगलबार प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा रामशरण महत, मुख्यसचिव लीलामणि पौड्यालले नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रमको व्यवस्थापिका–संसद्बाट बुधबार अपराह्न ३ः०० बजेपछि नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् ।