२० कार्तिक २०८३, शुक्रबार

भारत किन जाँदैछन् प्रचण्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौँ, २० असार । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल यही असार २९ गते मङ्गलबार भारत भ्रमणमा जानु हुने भएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ पाँच दिनका लागि भारत जान लाग्नुभएको हो ।

प्रमुख दलहरुबीच संविधान निर्माणको विषयमा १६ बुँदे सहमति भएको र संविधानसभामा संविधानको मस्यौदा छलफल सुरु भइसकेको सन्दर्भमा उहाँको भारत भ्रमण हुन लागेको हो ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले भारत सरकारको निमन्त्रणामा अध्यक्ष दाहाल भारत भ्रमणमा जान लाग्नुभएको जानकारी दिनुभयो ।

भ्रमणको क्रममा उच्चस्तरीय भेटघाट हुने बताइएको छ । भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता गर्ने कार्यक्रम छ । पाँच दिने भारत भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्च अधिकारीसँग पनि भेट वार्ता गर्ने एमाओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका खड्काले बताउनुभयो ।

संविधान निर्माण प्रक्रियाले गति लिएको र सरकारले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेटको तयारी भइरहेको बेला उहाँको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा नेपाल, भारत र चीनबीच हुने भनिएको त्रिदेशीय समझदारीका विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष दाहाल आगामी साउन ३ गते स्वदेश फर्कनु हुनेछ । रासस