काठमाडौं, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्रको माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले हिन्दुराष्ट्र पुनर्स्थापना गर्न, धर्मनिरपेक्षता खारेज गर्न, धर्मपरिवर्तनलाई मौलिक हकमा राख्न नदिन तथा जनमत संग्रहको माग पुरा गर्न दवाव दिने उद्देश्यले राप्रपा नेपालले संघर्षको कार्यक्रम घोषणा गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बहुमतका आडमा धर्म परिवर्तन गर्ने षडयन्त्र भइरहेको भन्दै राप्रपा नेपाल हिन्दु राष्ट्रको माग सहित आन्दोलनमा उत्रिएको हो । संबिधान निर्माणको क्रममा केही सिमित राजनीतिक दलहरुले संबिधानसभालाई रबर स्टायम्पको रुपमा प्रयोग गर्ने, अन्तर्वस्तुहरुमा पर्याप्त छलफल गर्न नदिने, नियमावली निलम्बन गर्ने, संबिधान मिच्ने तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्ने जस्ता कार्य भैरहेको प्रति बैठकले गम्भीर खेद व्यक्त गरेको छ ।
यसैबीच राप्रपा नेपालले हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, संबैधानिक राजसंस्था वा गणतन्त्र र स्थानीय स्वायत्त शासन वा संघियता भन्ने वारे अन्तिम निर्णय गर्नु पुर्व जनमत संग्रह गरियोस भनि २०७१ असोज २ गते विधिसम्मत ढंगबाट दर्ता गरिएको प्रस्तावलाई छलफलमा समेत ल्याउन नदिईएको प्रति बैठकले गंभीर आपत्ति प्रकट गरेको छ ।
‘मस्यौदा समितिले औपचारिक रुपमा मस्यौदा वारे अन्तिम निर्णय गरि सकेपछि रातरात षडयन्त्र पुर्वक मस्यौदामा हेरफेर गरि स्थानिय निकायको चुनाव संबंधिान जारि भए पछि ६ महिना भित्र व्यवस्थालाई हटाईएको तथा देशको संबधिान पार्टीगत राजनैतिक वाद वा सिद्धान्तका वारे तटस्थ रहनु पर्नेमा समाजवाद आदि जस्ता केही पार्टीहरुको विवादास्पद बिचारलाई संबिधानको अंग बनाउने गरि थप गरिएकोमा बैठकले त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेका छौं’ बैठकपछि राप्रपा नेपालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्ता छन् राप्रपा नेपालका आन्दोलनका कार्यक्रमहरु( बुँदागत रुपमा)
क) धर्मनिरपेक्षताको खारेजी तथा हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग राखेर राप्रपा नेपालले देशव्यापी आषाढ २२ देशको सम्पुर्ण जिल्ला सदरमुकामहरुमा जुलुस, प्रर्दशन तथा सभाहरु गर्ने ।
ख) सोही दिन काठमाण्डौ उपत्यकामा भने तिनै जिल्लाको संयुक्त जुलुस बबरमहलबाट शुरु भै संबिधानसभा भवन अगाडी धर्ना दिने ।
ग) श्रावणको पहिलो हप्तादेखि अनिश्चितकालिन राजधानी केन्द्रित संघर्ष गरिने छ ।
घ) हिन्दुराष्ट्र लगायत पार्टीको अन्य एजेण्डाहरु स्थापित गर्न संबिधान निर्माणको अन्तिम समय पार्टीका सभासदहरुले संबिधानसभामा सशक्त भुमिका निर्वाह गर्ने ।
२) धर्मनिरपेक्षताको खारेजी तथा पुर्ण धार्मिक स्वतन्त्रता र समानता सहितको सनातन हिन्दुराष्ट्र स्थापनाको लागि हुने संघर्षमा सहभागी हुन बैठकले आम नेपाली जनतालाई आह्वान गरेको छ । साथै, उक्त एजेण्डा प्रति प्रतिवद्ध राजनैतिक दल, समुह र संस्थाहरुसंग आबश्यक परे निर्णायक संघर्षको लागि सहकार्य र एकता गरेर जाने समेत बैठकले निर्णय गरेको छ ।
३) बैठकले निकट भविष्यमा काठमाण्डौमा बृहत सनातन धर्मसभा आयोजना गर्ने निर्णय गरेको छ । हिन्दुत्वको जागरण, हिन्दुराष्ट्रको पुनस्र्थापना, धार्मिक सामाजिक विभेद शोषण तथा विकृतिहरुको अन्त्य गरि हिन्दुत्वको सुदृढिकरण एवं हिन्दुपक्षधर समुदायका बिचमा एकता जस्ता बिषयहरुमा उक्त सभामा छलफल हुने छ । सो सभामा नेपालका बिभिन्न जिल्लाहरुको साथै बिदेशबाट समेत प्रतिनिधिहरुको सहभागिता रहने छ ।












प्रतिक्रिया