१९ कार्तिक २०८३, बिहिबार

मधेसवादी दलद्धारा संविधानसभा बैठक बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhansava-madeshi-dal1काठमाडौं, २० असार । संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलका लागि आयोजित संविधानसभाको बैठकलाई मधेसवादी दलहरुले बहिष्कार गरेका छन् ।

उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा चार मधेसवादी दलले आइतबारको संविधानसभा बैठक बहिष्कार गरेका हुन् ।

बैठक सुरु हुने वित्तिकै विशेष समय लिएर तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले आफूहरुका लागि मस्यौदामाथिको छलफल अर्थहीन भएको भन्दै मधेसीवादी दलले बैठक बहिष्कार गरेको घोषणा गरेका थिए ।

बैठक बष्किारको घोषणा गर्दै मधेसवादी दलका सभासद् सभासदहरू बैठकबाट बाहिरिएका छन् । मधेसवादी दलले वहिष्कार गरेपनि संविधानसभाको बैठक अहिले चलिरहेको छ ।