२० कार्तिक २०८३, शुक्रबार

अस्पतालको छतबाट खसालेर डाक्टरको हत्या

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

animesh1पोखरा, २० असार । पोखरामा एक डाक्टरको छतबाट खसेर मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा इन्टर्नसिप गरिरहेका डाक्टर अनिमेस ठाकुरको गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखा प्रमुख डा. गरिबदास ठाकुरका छोरा अनिमेसलाई पछाडिबाट धकेलेर हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

अनिमेसका बाबु डा. गरिबदासले उनीसँगै इन्टर्न गरिरहेका अरु केही डाक्टरले छतबाट धकेलेर हत्या गरेको आरोप लगाएका छन् । ‘हिजो राति होस्टेलकै छतमा सहकर्मीसँग बसेर खानपान गरिरहेका बेला ब्यक्तिगत रिसिइबीका कारण केही जना मिलेर धकेलेका कारण मेरो छोरा गुम्यो ।’

महिला डाक्टरसँग रहेका अनिमेसलाई विवादका कारण छतबाट खसालेर हत्या गरिएको डाक्टर गरिबदासको आरोप छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।