१९ कार्तिक २०८३, बिहिबार

मध्यराति बालुवाटारमा सुशील, केपी, प्रचण्ड र गच्छदारको गोप्य बैठक, के-के भयो सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeing-4party
फाइल तस्वीर

काठमाडौँ, १९ असार । संविधान लेखन प्रक्रियालाई चाँडो अघि बढाउनेबारेमा प्रमुख चारदलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेर भएको चारदलको बैठकमा संविधान लेखन प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे नेताहरुबीच कुराकानी भएको हो ।

बैठकमा संविधान जारी गर्ने सम्बन्धमा विभिन्न दलका भावनालाई समेटेर मस्यौदाको चाँडो टुङ्गो लगाउनेबारे शीर्षनेताहरुबीच परामर्श भएको स्रोतले जनाएको छ । बैठकमा संविधानसभामा विरोध गर्ने राप्रपा नेपाल, मधेसवादी दलहरुलाई तह लगाउँन रणनीतिक योजना समेत तयार पारिएको स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी हुनुहुन्थ्यो ।