१९ कार्तिक २०८३, बिहिबार

‘जनतालाई धोका दिए सडकमा आगो बाल्छौं’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadavपोखरा, १९ असार । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभामा पेस गरिएको प्रारम्भिक मस्यौदा विभेदकारी धारणा राख्दै त्यसैले च्यातिएको बताउनुभएको छ ।

सङ्घीय प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको मस्यौदाले विगतमा भएका सम्झौतालाई बेवास्ता गरी मुलुकलाई गलत बाटोमा लैजाने विचार व्यक्त गर्नु भयो ।

अध्यक्ष यादवले फास्ट ट्रयाकको माध्यमबाट नयाँ संविधान घोषणा गर्ने नाममा नेपाली जनतालाई धोका दिएर आफ्नो स्वार्थ पूरा गर्ने तरिकाले गलत विधि अपनाइएको आरोप लगाउनुभयो ।

उहाँले जबर्जस्ती गणितीय हिसाबले नयाँ संविधान घोषणा गरिएमा जनताका लागि यो स्वीकार्य नहुने र यसको सशक्त विरोधका लागि आफ्नो पार्टीले सडक सङ्घर्ष गर्ने बताउनुभयो ।