१९ कार्तिक २०८३, बिहिबार

एमाओवादी सभाषद्ले भने, ‘नेतृत्वले जनतासँग गरेका प्रतिबद्धता भुल्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Top-Leader

काठमाडौँ, १९ असार । एकीकृत नेकपा (माओवादी), संसदीय दलको बैठकमा सभासद्ले सधैँ सम्झौता मात्रै गर्ने प्रवृत्तिको अन्त्य गरी विगतमा पार्टीले उठाएका कार्यसूचीलाई संस्थागत गर्न पार्टी नेतृत्वलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले पार्टी नेतृत्व सम्झौैतावादमा फसेको र विगतमा जनताका सामु गरिएको प्रतिबद्धता भुल्दै गएको भनी आपत्ति प्रकट गरेका थिए ।

बैठकमा एमाओवादीका सभासद्ले प्रमुख राजनीतिक दलका बीचमा भएको १६ बुँदे सहमतिले विगतका सहमति तथा सम्झौतालाई खारेज गरेको र परिवर्तनका कार्यसूचीलाई अस्वीकार गरेकामा नेतृत्वले जवाफ दिनुपर्ने धारणा राखेका थिए ।

यस्तै सरकारले आव २०७२/७३ को बजेटमा जनताका कार्यसूचीलाई धेरैभन्दा धेरै समावेश गरिनुपर्नेमा जोड दिएको सभासद् रुपा महर्जनले जानकारी दिनुभयो । बैठकमा संसदीय दलका उपनेता टोपबहादुर रायमाझी तथा सभासद् शक्तिबहादुर बस्नेत, जनकराज जोशी, रेखा शर्मा, टेकबहादुर बस्नेतलगायतले आफ्नो धारणा राखेको सभासद् दलजित विके श्रीपालीले जानकारी दिनुभयो । रासस