१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ओबामालाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barak-obama

काठमाडौँ, १९ असार । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा त्यहाँका राष्ट्रपति बाराक एच ओबामालाई आज बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाले छुट्टाछुट्टै बधाई सन्देश पठाई राष्ट्रपति ओबामाको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै अमेरिकी जनताको उन्नति र प्रगतिको कामनाका साथ दुई देशबीच विद्यमान सम्बन्ध आगामी दिन अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस