१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको चेतावनी-‘हामीलाई रोक्न खोज्नेलाई तह लगाएरै छाँड्छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Boardबनेपा, १८ असार । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया सुरु भइसकेकाले अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शुक्रबार धुलिखेलमा आयोजित बिपी राजमार्ग हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विरोध गर्न खोज्ने जस्तोसुकै तत्वलाई तह लगाएर भएपछि संविधान बन्ने बताएका हुन् ।

प्रधानमन्त्री कोइरालाले भने-‘अब संविधान आउँछ, आउँछ । कसैको ताकतले जनताको संविधानलाई रोक्न सक्दैन्, हामीलाई रोक्न खोजे तह लगाउँछौं ।’

प्रधानमन्त्री कोइरालाले मुलुकमा सङ्घीय गणतन्त्रको स्थापना सामान्य विषय नभएको उल्लेख गर्दै जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने समय आएको बताए । मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारशून्य अवस्था भए अबको १० वर्षमा नै मुलुकमा कायापलट हुने उनको भनाई छ ।

अहिले नयाँ निर्माण हुन लागेको संविधानको महत्व धेरै भएकाले संविधान बन्न नसकेका कारण देशमा विकास निर्माणका काम हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले मधेसी मोर्चालाई सङ्घीयताका विषयमा शङ्का नगर्न समेत आग्रह गरे ।

उहाँले सङ्घीयतामा सबै दलको प्रतिबद्धता आइसकेकाले द्वन्द्व र आन्दोलनमा नफस्न मधेसी मोर्चालाई आह्वानसमेत गरे ।