२१ कार्तिक २०८३, शनिबार

मुलुकमा अब अर्काे द्वन्द्व सुरु भएको छः यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadavपर्सा, १७ असार । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको मूल्य मान्यताविपरीत ल्याएको मस्यौदाबाट निर्माण भएको संविधानले मुलुकमा नयाँ किसिमको द्वन्द्व जन्माउने धारणा राख्नु भएको छ ।

मधेसी पत्रकार सङ्घ पर्साले विहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार दलको १६ बुँदे सहमतिको आधारमा सङ्घीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणालिको सिद्धान्तविपरीत ल्याइएको संविधानले मुलुक कुशासन, भ्रस्टाचार र द्वन्द्वको भूमरिमा फस्ने दाबी गर्नुभयो ।

सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त पार्दै चार दलको सिन्डीकेटले ल्याउन चाहेकोे संविधानले मुलुकलाई द्वन्द्वको नयाँ चरणमा प्रवेश गराउने चेतावनी दिँदै उहाँले अन्तरिम संविधानको भावना र मधेसी, जनजाति, आदिवासी, दलित, पिछडिएकाको भावनालाई समेट्ने गरी सङ्घीय लोकतान्त्रिक समावेशी, समानुपातिक गणतन्त्रात्मक संविधान आए मात्र सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकमा शान्ति स्थिरता समृद्धि आउने बताउनुभयो ।