२१ कार्तिक २०८३, शनिबार

‘साढे ९ रेक्टरको भूकम्पले पनि हल्लाउन सक्दैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gyawali

– अनिल खत्री 

गुल्मी १७ असार । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सार्वभौम संबिधानसभामाथि सर्वोच्च अदालतले हस्तक्षेप गर्ने प्रयत्न गरेको बताउनु भएको छ ।

नेकपा एमाले गुल्मीले बिहीवार आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले राजनीतिक दलहरुले गरेको १६बुँदे सम्झौताको कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएर सर्वोच्च अदालतले गल्ती गरेको बताउनुभएको हो । १६ बुँदे सहमतिको जगमा अबको एक महिनाभित्र देशले नयाँ संविधान पाउने सुनिश्चित भएको भन्दै संबिधान निर्माणमा सघाउन सबैलाई आग्रह गर्नुभयो ।

नेता ज्ञवालीले मधेसवादी तथा अन्य बिरोधी दलहरु पनी सहमतिमा आई संबिधान निर्माण प्रक्रियालाई सघाउने बिश्वास व्यक्त गर्नुभयो । बिगत आठ वर्षदेखि जुटन नसकेको सहमति एमालेको पहल कदमीमा सम्भव भएको जिकिर गर्दै उहाँले संविधान निर्माणपछी एमालेकै नेतृत्वमा देश पुनर्निर्माणको चरणमा जाने बताउनुभयो ।

सञ्चारकर्मीको प्रश्नमा दिँदै नेता ज्ञवालीले अहिले पार्टीमा देखिएको समस्या मिडियामा आए जस्तो ठूलो नभएको बताउनुभयो । नेता ज्ञवालीले नेकपा एमाले साढे ९ रेक्टरको भूकम्पमा पनी नडगमगाउँने भन्दै पार्टीलाई कमजोर गराउन खोज्ने तत्व आफैं समाप्त भएर जाने बताउनुभयो ।