१९ कार्तिक २०८३, बिहिबार

सानेपामा नेपाली काँग्रेसका जिल्ला सभापतिको भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, १६ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुदै छ ।

पार्टीको आसन्न १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्रिया गर्न भेलाको आयोजना गरिएको बताइएको छ ।

नेपाली काँग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार आज विहान ११ बजेदेखि सुरु हुने भेलामा पार्टीको मौजुदा विधानलगायतका विषयमा छलफल गरिनेछ ।

संवैधानिक रुपमा अनिवार्य गर्नुपर्ने पार्टीको महाधिवेशन र गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वर्षातको समयमा हुन लागेको महाधिवेशनलाई पार्नसक्ने प्रभाव लगायतका विषयमा छलफल गरिने उहाँले जानकारी गराउनुभयो ।

बैठकमा संविधान निर्माणको जारी प्रक्रिया, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले खेलिरहेको भूमिकालगायतका विषयमा पनि अन्तक्रिया गरिने भएको छ ।