१८ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री भन्छन्-‘भूकम्प पीडितको सुन्दर र बलियो घर बनाएरै छाड्छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Boardकाठमाडौँ, १६ असार । प्रधानमन्त्री सुशील कोइरालाले सबै भूकम्प पीडितको सुन्दर र बलियो घर बन्न सकोस् भनेर आफू लागिरहेको बताउनुभएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग उहाँले भन्नुभयो, “पहाडको कन्दरामा साना झोपडी थिए,”ती पनि भूकम्पले ध्वस्त भए । हरेक पीडित परिवारको एक राम्रो र सस्टेनेबल घर होस् भनेर लागेको छु ।”

उहाँले अब वस्ती विकास गर्दा सडक, विद्युत, पानी, ढल, सार्वजनिक उद्यान, स्वास्थ्य केन्द्र, विद्यालय जस्ता भौतिक र सामाजिक सेवाका पूर्वाधारहरू तयार पारिने बताउनुभयो ।

उहाँले संविधान निर्माण भएर जारी भएपछि नेपालमा राजनीतिक स्थिरता कायम हुने बताउँदै शान्ति र स्थायित्वको वातावरणमा विकासले गति लिने छ भन्नु भयो । उहाँले नेपाल लगानीको लागि अनुकूल हुँदै गइरहेको पनि उल्लेख गर्नुभयो ।