१८ कार्तिक २०८३, बुधबार

आफ्नै कार्यकर्ताले कृषि मन्त्रीको पुत्ला जलाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-prasad-Parajuli

काठमाडौँ, १६ असार । नेकपा एमालेका कार्यकर्ताहरुले नै कृषि मन्त्रीको पुत्ला जलाउने भएका छन् ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु शैक्षिक विभागले बिहीबार बिहान ८ बजे लैनचौरस्थित सरस्वती क्याम्पसमा कृषि मन्त्रीको पुत्ला दहन कार्यक्रम राखेको हो ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं शैक्षिक विभाग प्रमुख सुदेश पराजुलीले दैनिक नेपालसँग भने– ‘हरिप्रसाद पराजुलीजस्ता एमालेका मन्त्रीहरुले लाजमर्दो व्यवहार देखाए । जसका कारण जनतामा पार्टीको राम्रो छवि भएन । एमालेमा लालबाबु पण्डित, गोकर्ण विष्टजस्ता सफल मन्त्री पनि छन् । पार्टीले अब राम्रो छवि भएका व्यक्तिहरुलाई मात्र मन्त्री बनाउनुपर्छ । त्यसैका लागि दबाब दिन कृषि मन्त्रीको पुत्ला दहन गर्न लागेका हौँ ।!’

अखिलले कृषि मन्त्रीको पुत्ला दहनका अन्य क्याम्पसका विद्यालयलाई समेत सरस्वती क्याम्पसमा बोलाएको छ ।