१८ कार्तिक २०८३, बुधबार

महिलामाथि जबरजस्ती गर्ने कृषिमन्त्री पराजुलीलाई कारवाही गर्न एमाओवादीको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-parajuli-2

काठमाडौं, १६ असार । एकीकृत नेकपा माओवादीका सभाषद्ले महिलाहरुमाथि अभद्र व्यवहार गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई तत्काल कारवाहीको माग गरेका छन् ।

मंगलबार काठमाडौंको मुलपानीमा रोपाई कार्यक्रममा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै एमाओवादीका सभासदहरुले व्यवस्थापिका संसदको बुधबारको बैठकमा कृषिमन्त्री पराजुलीलाई कारबाहीको माग राखेका हुन् ।

एमाओवादी सभासद जनार्दन शर्माले सार्वजनिकस्थलमा कृषिमन्त्रीले गरेको व्यवहारले सबै नेपालीलाई लज्जित बनाएको बताए । ‘ठूलो पदमा बसेर सार्वजनिक स्थलमा अश्लील ब्यवहार प्रस्तुत गर्नु निन्दनीय र गम्भीर आपत्तीजनक छ’ एमाओवादी सभासद शर्माले बैठकमा प्रश्न उठाए-‘के ठूलो पदमा बस्दैमा मर्यादा मिच्न पाइन्छ ?’

उनले तत्काल कृषिमन्त्री पराजुलीलाई कारवाही गर्न माग गरे ।  मंगलबार धान दिवसको अबसरमा एक रोपाइँ कार्यक्रममा मन्त्री पराजुलीले महिलासँग अश्लील हर्कत देखाएका थिए । जसको चौतर्फी विरोध भइरहेको छ ।