१८ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीलाई युवा संघको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaकाठमाडौं, १६ असार । प्रधानमन्त्री सुशील कोइरालाले चीन र भारतबीच भएको लिपुलेक व्यापार सम्झौताबारे सरकार सचेत रहेको बताएका छन् ।

बुधबार युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्तको नेतृत्वमा ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेको टोलीसँग प्रधानमन्त्री कोइरालाले भने-‘लिपुलेक बारे सरकार कन्सियस छ ।’ उनले लिपुलेक सम्झौताको विस्तृत अध्ययन भैरहेको र केहि समयभित्रै नेपालले आफ्नो भुमिमाथि अधिकार प्राप्त गर्ने दावी पनि गरेका थिए ।

‘मैले परराष्ट्र मन्त्रीलाई सम्झौताको अध्ययन गरेर कुटनीतिक पहल थाल्न निर्देशन दिईसकेको छु, पहल सुरु पनि भैसकेको छ’– प्रधानमन्त्री कोइरालाले भने । उनले कुटनीतिक पहलबाट नेपालले आफ्नो भुमिमा अधिकार प्राप्त गर्ने जानकारी दिँदै युवाहरुको पहल कदमीले सरकारलाई झक–झकाउने समेत बताएका थिए ।

ज्ञापन पत्र बुझाउँदै संघकी उपाध्यक्ष दिलु पन्तले कुटनीतिक पहल फितलो भएको हो कि भन्ने आशंका व्यक्त गरेकी थिईन् । उनले सरकारले उचित पहल कदमी नलिए आफूहरु आन्दोलनमा उत्रने जानकारी पनि कोइरालालाई गराएका थिइन् ।  संघले कुनै हालतमा लिपुलेक सम्झौता खारेज हुनुपर्ने अन्यथा आन्दोलन गर्ने चेतावनी पनि कोइरालालाई दिएको छ ।

जवाफमा कोइरालाले यस्ता समस्याहरुको कुुटनीतिक समाधान आवश्यक पर्ने बताउँदै सरकारले आफ्नो भुमिमा आफ्नै स्वामित्व कायम गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कोइरालालाई ज्ञापन पत्र बुझाउन उपाध्यक्ष पन्तको नेतृत्वमा सचिव नरेश शाही, हस्त शाही, मञ्जु यादव, सचिवालय सदस्य मीन गौतम लगायत एक दर्जन कार्यकर्ता बालुवाटार पुगेका थिए ।