१८ कार्तिक २०८३, बुधबार

अन्ततः संविधान मस्यौदामा एमाओवादीले हस्ताक्षर गर्‍यो, संविधानसभामा पेस हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan-sabaकाठमाडौँ, १५ असार । संविधानसभा, मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार पारेको छ । मस्यौदामा चार दलका शीर्ष नेताले हस्ताक्षर गरेका छन् ।

मस्यौदा समितिमा रहेका कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका सभासद्हरुले हस्ताक्षर गरेका हुन् ।

प्रमुख दलबीच विवादका विषयमा सहमति भएपछि एकीकृत मस्यौदा तयार भएको हो । सहमति भएको मस्यौदालाई केहीबेरपछि बस्ने संविधानसभाको बैठकमा पेस गर्ने तयारी गरिएको मस्यौदा समितिका सदस्य रामनारायण बिंडारीले जानकारी दिनुभयो ।

समितिले तयार पारेको मस्यौदा सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने कार्यक्रम छ । सभापति सिटौलाले मस्यौदा सभाध्यक्षलाई बुझाएलगत्तै आजै संविधानसभामा पेस गरिनेछ ।

संविधानसभाको बैठक साँझ ६ बजेका लागि बोलाइएको भए पनि मस्यौदा प्राप्त हुन नसक्दा यो समाचार तयार पारुन्जेलसम्म बैठक सुरु हुन सकेको छैन । दलबीच बहुलवाद, नागरिकता, मतप्रतिशत सीमा (थ्रेसहोल्ड), जिल्ला राख्ने वा नराख्नेलगायत विषयमा सहमति हुन सकेको थिएन ।

दलबीच सहमति हुन नसक्दा सोमबार मध्यरातमा पूर्वसांसद पद्मसुन्दर लावतीका निधनमा शोक प्रस्ताव पारित गरेर संविधानसभा बैठक टुङ्गिएको थियो ।

मस्यौदा सभामुखलाई हस्तान्तरण

संविधान सभाको मस्यौदा समितिले मंगलबार साँझ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मस्यौदा हस्तान्तरण गरेको छ । समिति सभापति कृष्ण सिटौलाले मस्यौदा हस्तान्तरण गरेका हुन् ।