झापा, १४ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको कार्यकाल समाप्त हुने भएकाले ती सबै पदमा निर्वाचन भएर सहमतिका आधारमा नयाँ सरकार गठन हुने बताउनुभएको छ ।
एमालेका संस्थापक महासचिव मदन भण्डारीको ६४ औँ जन्मजयन्तीको अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा उहाँले आगामी सरकार सहमतिका आधारमा बन्ने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने बताउनुभयो ।
वैशाख १२ गते गएको विनासकारी भूकम्पले तहसनहस पारेको नेपाल अब पुनःनिर्माणको चरणमा प्रवेश गरेकाले एमालेले पुनःस्थापना र पुनःनिर्माणको काम पनि सँगसँगै अघि बढाएर लानुपर्ने उल्लेख गर्नुभयो ।












प्रतिक्रिया