१८ कार्तिक २०८३, बुधबार

आमा ! हाम्रो बाबा खोई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

news photo laxmi chalaune.doc

– दीपक ओली

भल्का (कैलाली), १४ असार । कैलालीको लम्की–चुहा नगरपालिका ५ (साविक बलिया गाविस) भल्काका पुरनबहादुर चलाउने (३८ वर्ष) ९ वर्ष पहिले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गए । ३६ दिनको अबोध छोरा, श्रीमती र दुई छोरी गरी चार जनालाई छोडेर गएका पुरनबहादुर तीन वर्षसम्म सम्पर्कमा थिए । तर, विगत छ वर्षदेखि पुरनबहादुर घरपरिवारबाट सम्पर्कविहीन भएपछि यतिबेला उनको परिवारमा जिउनु न मर्नु भएको छ ।

विगत छ वर्षदेखि पुरनबहादुर घरपरिवारबाट सम्पर्कविहीन भएपछि यतिबेला उनको परिवारमा जिउनु न मर्नु भएको छ । पुरनबहादुरले घर छोड्दा अबोध रहेको उनको छोरा हिमाल हाल नौ वर्षको भइसक्यो । बेला बेला आमा, हाम्रो बाबा खोई ? कहिँले आउनुहुन्छ ? भनेर आमा लक्ष्मी चलाउनेलाई सोधिरहन्छ । लक्ष्मीले छोरा हिमाललाई विदेश (मलेसिया)मा हुनुहुन्छ । अब चाँडै आउनुहुन्छ भनेर पार लगाउँदै आएकी छन् ।

पुरनबहादुरले घर छोड्दा अबोध रहेको उनको छोरा हिमाल हाल नौ वर्षको भइसक्यो । बेला बेला आमा, हाम्रो बाबा खोई ? कहिँले आउनुहुन्छ ? भनेर आमा लक्ष्मी चलाउनेलाई सोधिरहन्छ । लक्ष्मीले छोरा हिमाललाई विदेश (मलेसिया)मा हुनुहुन्छ । अब चाँडै आउनुहुन्छ भनेर पार लगाउँदै आएकी छन् ।

पुरनबहादुर २०६३ साल असार १२ गते मलेसियामा रोजगारीका लागि भनेर मलेसिया गएका थिए । घरपरिवारको पालपोषण र छोराछोरीको शिक्षादिक्षाका लागि भनेर मलेसिया गएका पुरनबहादुरले गएको तीन वर्षसम्म दिनहुँजसो फोनमा आफ्नो र छोराछोरीको सञ्चोबिसञ्चो सोधिरहन्र्थे । र, त्यो अवधिमा ९५ हजार नेपाली रुपैयाँ पनि पठाए । तर, २०६६ असार १८ गतेको फोनपछि पुरनबहादुर एकाएक सम्पर्कविहीन भएको पुरनबहादुरकी श्रीमती लक्ष्मी चलाउनेले बताइन् ।

पुरनबहादुर काठमाडौंको गुरुङ म्यानेजमेन्ट प्रालिमार्फत मलेसियाको उड इन्ड्रस्र्टी मेकिङ कम्पनीमा प्रोडक्सन अपरेटरका लागि भनेर सन् २००६ मे ३१ मा नेपालबाट गएका थिए ।

‘घरखर्च टार्न भनेर मलाई ३६ दिनको सुत्केरी अवस्थामै छोडेर जानुभयो । तर, आजकाल के कस्तो अवस्थामा हुनुहुन्छ ? केहि अत्तोपत्तो छैन्,’ लक्ष्मीले भनिन्, ‘की सास, की लास पाए हुन्थ्यो ।’

हर रात उहाँ जिवितै भएको सपना पनि देख्छु । जहाँसम्म उहाँ जिवितै हुनुहुन्छ । एकदिन उहाँ अवश्य घरमा आउनुहुन्छ र तीन छोराछोरी, म तथा उहाँ सँगै बसेर सुखोदुखो साट्ने पाउने छौं  लक्ष्मीले भनिन् ।

‘श्रीमानको खोजीका लागि हर प्रयास गरे । केहि अत्तोपत्तो लागेन् । भएभरका देबीदेउताको पूजापाठ गरेकी छु । धामीझाक्रीले पनि तेरो श्रीमान जिवितै छ, एक दिन अवश्य आउने छ भनेका छन्,’ गहभरि आसु पार्दै लक्ष्मीले भनिन्, ‘छ वर्षदेखि सम्पर्कविहीन श्रीमान घर फर्कने आश अझै मरेको छैन् ।’

घरको मूली पुरनबहादुर सम्पर्कविहीन भएपछि तीन छोराछोरीको शिक्षादिक्षा र  खान लगाउनमा समस्या हुने गरेको लक्ष्मीले बताइन् । लक्ष्मी घरमै सानो पसल थापेर सामान्य गुजारा गदै आएकी छन् ।

श्रीमान विदेशमा गएपछि मसँग उहाँको कुनै कागजात थिएन् । केहि महिना पहिले उहाँ (पुरनबहादुर) को नागरिकता र राहदानीको फोटोकपी भेटाए त्यसपछि राहदानी नम्बर र उहाँको गएको कम्पनी बारे थाहा भयो– लक्ष्मीले भनिन् । पुरनबहादुरको राहदानी नम्बर २६९७७११ रहेको छ ।

पुरनबहादुर सँगै मलेसिया गएका अछाम लयाटी गाविसका भरत बुढा तीन वर्षपछि अथात् २०६६ जेठमा घर फर्के । पुरनबहादुरलाई घर जाउँ, उतै केहि गरौंला भन्दा मलाई घर लगाउँदाको ऋण छ । तपाइँ जानुस् भनेर पुरनबहादुरले फर्कन मानेन्, त्यपछि के भयो आफूलाई केहि थाहा नभएको भरतले बताए ।

पुरनबहादुरलाई ज्वाई नातापर्ने अछाम जिल्लाका धु्रब कडायतले मलेसिया पठाउन सहयोग गरेको लक्ष्मीको भनाई छ । उहाँ (धु्रब) ले राम्रै सोचेर पठाउनु भयो होला । तर, मलेसिया पुगेपछि काम पनि अर्कै गरायो । तलब पनि भने भन्दा कम छ भनेर खबर गर्नुभएको थियो लक्ष्मीले भनिन् ।

नाबालकमै छोडेर गएका पुरनकी छोरी सम्झना र मनिषा तथा छोरा हिमालले आफूलाई बुबाको धेरै सम्झना आउने तथा उहाँसँगै हाँसखेल र कुराकानी गर्न लाग्ने गरेको बताए ।

रोजगारीको सिलसिलामा मलेसिया गएका पुरनबहादुर छ वर्षदेखि घरपरिवारबाट सम्पर्कविहीन भएको खबर थाहा पाएपछि उनको खोजविनका लागि आवश्यक पहलकदमी चालेको धनगढीस्थित सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक एकीन्द्र तिमिल्सिनाले बताए ।