१८ कार्तिक २०८३, बुधबार

यी हुन् विमान दुर्घटनामा बाँचेका आमाछोरा, कसरी बाँचे ? (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maria-Nelly-Murilloकाठमाडौं, ११ असार । विमान दुर्घटना बाँच्ने सम्भावना हुँदैन् । अहिले सम्म भएका दुर्घटनालाई हेर्ने हो भने विमान दुर्घटना हुँदा सबै यात्रु तथा पाइलटको मृत्यु भएको समाचार सुनिन्छ ।

तर कोलम्बियामा भएको विमान दुर्घटनामा एक परिवारका आमा–छोरा भने जिवितै भेटिएका छन् । विमान दुर्घटना भएको पाँच दिनपछि आमा र एक वर्षको छोरा जंगलमा जीवित भेटिएको समाचार एजेन्सीले जनाएका छन् ।

चोको प्रान्तमा एक विमान पाँच दिन अघि दुर्घटना भएको थियो, जसमा मुरियो आफ्नो बच्चासहित यात्रा गरिरहेकी थिइन् । सेसना विमान माछा र नरिवल लिएर नुकुई शहरबाट चोको प्रान्तको राजधानी कुइदबोका लागि उडेको थियो ।

तर, उडान भएको २० मिनेटपछि नै सम्पर्कबिहीन भएको थियो । घना जंगलमा दुई दिनपछि उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो । उक्त विमान दुर्घटनामा पाइलट लगायत अन्यले ज्यान गुमाए । चालक ककपिटमा मृत भेटिएका थिए । तर, दुर्घटनामा बाँच्न सफल १८ वर्षीया मलिया नेली मुरियो र उनका एक वर्षको छोरा दुर्घटनास्थल नजिकै भेट्टीए ।

Baby-Yudier-Moreno

उद्धारकर्मीका अनुसार शरीरमा चोट लागेर मुरिलो घाइते छिन् । आगोले उनको अनुहारमा पोलेको घाउ पनि छ । तर, उनको बच्चा पूर्ण रुपमा सुरक्षित छ । विमानको यात्रु तालिकामा नाम भेटिएपछि जंगलमा आवाज दिँदै उद्धार टोलीले हेलिकोप्टरबाट मुरिलोलाई खोजेका थिए । दुई दिनसम्म नभेट्टाएका उद्दार टोलीले बुधबार दुर्घटनास्थलबाट करिव ५०० मिटर टाढाको नदी किनारमा मुरिलो र उनको बच्चालाई भेटाएको थियो ।

कसरी बाँच्न सफल भए आमा छोरा ?

जंगलमा खसेपछि विमानमा आगो लागेको बताउँदै मुरिलोले ढोका आफै खुलेको र छोरालाई समातेर आफू जंगलतर्फ भागेको बताईन् । ‘एक्कासी ठूलो आवाज आयो, भित्रबाट आगो बल्न थाल्यो, विमानको ढोका खुल्यो, मेरो शरीरमा पनि आगो लागिसकेको थियो, बल्ल बल्ल ज्यान बचाएर त्यहाँबाट भाँगे ।’ उनले भनेकी छिन् ।

त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले जंगलमा बस्ने आदिवासी जोडीले उनीहरुलाई सहयोग गरेर बचाएको हुनसक्ने उल्लेख गरेका छन् । मुरिलोको अहिले उपचार भइरहेको छ । एक वर्षीय बच्चाको स्वास्थ्य अवस्था एकदम स्वस्थ रहेको अधिकारीले बताएका छन् । कोलम्बियाका अधिकारीले यसलाई चमत्कार भनेका छन् । एजेन्सीको सहयोगमा