नयाँदिल्ली, १० असार । बुधबारदेखि पश्चिम भारतको गुजरातमा सुरु भएको भिषण वर्षाका कारण कम्तीमा पनि ३४ जनाको ज्यान गएको बताइएको छ ।
एकजना वरिष्ठ प्रहरी अधिकारीले गुजरातमा बुधबारदेखि निरन्तर रुपमा भारी वर्षा जारी रहेको र बिहीबारसम्ममा कम्तीमा पनि ३४ जनाको ज्यान गएको जानकारी दिएका छन् ।
एकजना वरिष्ठ मौसमविदले उक्त राज्यमा भारी वर्षा र बाढीको प्रकोप सुरु भएको बताएका छन् । उनले यो भर्षाको क्रम बिहीबार पनि निरन्तर रहने जानकारी दिएका छन् ।
पश्चिमी र दक्षिणी भारतमा मनसुन सुरु भइसकेको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया